कोरियामा आजबाट कामदारको तलव बढेको छ । जनवरी १ बाट लागु हुने गरी कोरिया सरकारले स्थानीय र आप्रवासी कामदारको तलव बढाउने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार गत वर्षभन्दा १० दशमलम ९ प्रतिशतले बृद्धि भई प्रतिघण्टा ८ हजार ३ सय ५० वन तलव बढेको हो।
अब हप्तामा ४० घण्टा काम गर्ने कामदारको मासिक तलव १७ लाख ४५ हजार १ सय ५० रुपैयाँ पुगेको छ । साना रोजगारदातालाई भने सरकारले नै सहयोग गर्दै आएको छ। यसअघि प्रति कामदार सरकारको तर्फबाट १ लाख ३० हजार वन दिँदै आएकोमा अब एक लाख ५० हजार वन दिने भएको छ।
श्रमिकलाई तलव दिन नसक्ने रोजगारदातालाई सरकारले पनि सहयोग गर्ने भएपनि ती रोजगारदाताले भने कामदारको रकम समेत कटाउने गरेका छन्।