सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

स्टिम बाथ लिदा स्वास्थ्यलाई निकै लाभदायक

स्टिम बाथले छालालाई निकै फाइदा पुर्‍याउँछ । तर, यसको फाइदा छालामा मात्र सीमित छैन । यसले त मुटुलाई स्वस्थ बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । अर्थात्, मुटुका लागि पनि उत्तिकै फाइदाजनक छ, स्टिम बाथ । एक अनुसन्धानले प्रमाणित गरेको छ कि नियमित स्टिम बाथ लिने मानिसलाई स्ट्रोकको खतरा निकै कम हुन्छ ।

– हप्तामा एक दिन मात्र स्टिम बाथ लिनेको तुलनामा दैनिक स्टिम बाथ लिने मानिसलाई स्ट्रोकको सम्भावना ६१ प्रतिशत कम हुन्छ ।

– ब्रिटेनको युनिभर्सिटी अफ ब्रिस्टोलका सेटर कुनुतसोरले भनेका छन्, ‘नियमित रूपमा स्टिम बाथ लिँदा स्वास्थ्यमा कैयौँ फाइदा पुग्छ । र, यसले स्ट्रोक हुने खतराबाट बचाउन पनि भूमिका निर्वाह गर्छ ।’

अन्य फाइदा
– छालामा जमेर बसेको विकार पदार्थ पसिनाका माध्यमबाट बाहिर निस्कन्छ ।

– स्टिम बाथले छालालाई स्टिमुलेट गर्ने हुँदा छाला, जोर्नीलगायतको दुखाइ निको पार्छ ।

– ढाड–कम्मर, जोर्नी दुख्ने, बाथरोग, युरिक एसिड बढेका, पिनास, मधुमेहजस्ता रोगबाट ग्रसितका लागि यो लाभदायक मानिन्छ ।

– हप्तामा एकपटक स्टिम बाथ गर्दा स्वस्थ रहन मद्दत पुग्छ । रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसाराइडजस्ता समस्या भएका व्यक्तिलाई पनि यसले फाइदा पु¥याउँछ ।साभार :नया पत्रिका

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय