धादिङ – धादिङबेसीमा पञ्चेबाजा प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो ।रेडियो धादिङको १२ औं स्थापना दिवसको अवसरमा सो प्रतियोगितामा सरस्वती पञ्चेबाजा समूह ज्वालामूखी प्रथम, युवा सांस्कृतिक पञ्चेबाजा समूह बेलकोटगढी नुवाकोट दोस्रो र ब्रम्हायणी पञ्चेबाजा समूह निलकण्ठ तेस्रो भएका हुन ।
विजेता समूहलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । प्रथम, दोस्रो र तेस्रो टिमलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो ।