बेइजिङ – चिनियाँ कम्पनी हुवावेले आईफोन प्रयोग गर्दै नयाँ वर्षको शुभकामना सन्देश प्रवाह गर्ने आफ्ना दुई कर्मचारीलाई कारवाही गरेको छ ।निलम्वनमा परेका ती कर्मचारीको नाम भने हुवावेले सार्वजनिक गरेको छैन । नयाँ वर्ष सुरु हुँदा कर्मचारीले हुवावे टेक्नोलोजी ट्वीटर एकाउन्टबाट ‘ह्याप्पी न्यू ईयर २०१९’ लेखेका थिए ।