सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

पूर्वाञ्चल विश्वविद्यालय : आर्थिक लेनदेनका आधारमा उत्तर पुस्तिका जाँचियो

काठमाडौँ — पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको ब्याचलर इन पब्लिक हेल्थको स्नातक तहको चौथो सेमेस्टरको उत्तर पुस्तिका आर्थिक लेनदेनका आधारमा जाचिएको तथ्य खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उत्तर पुस्तिका जाँच्ने लेक्चरर खेमराज शाहीले अर्का लेक्चरर अर्जुन भाटले विद्यार्थीसँग पैसा उठाएर कपी जाँचेको भन्दै पक्राउ गरेको छ ।

परिसरले आर्थिक लेनदेनका आधारमा नम्बर तय गरिएको यो मुद्दामाथि थप छानविन गर्न अनुसन्धानको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाएको छ। कीर्तिपुर नेशनल आर्युवेद रिसर्च एण्ड ट्रेनिङ सेन्टरमा विशेषज्ञको हैसियतमा कार्यरत शाही काठमाडौं लिटिल एन्जल्स कलेज, भ्याली कलेज र एसियन कलेजको व्यवस्थापन संकायमा क्वान्टिटेटिभ टेक्निक्स पनि पढाउँथे।

पूर्वाञ्चल विश्वविद्यालयसम्बद्ध कलेजहरुमा पढाउने भएका कारण उनले पब्लिक हेल्थको २ सय ९२ थान उत्तर पुस्तिका जाँच गर्ने जिम्मा पाएका थिए। शाहीले पूर्वाञ्चल विश्वविद्यालय सम्बद्ध कलेजहरुमा पढाउने साथी अर्जुन भाटलाई आफूले ल्याएका उत्तर पुस्तिका दिएर ती उत्तर पुस्तिका विद्यार्थी खोज्ने जिम्मा दिएका थिए।

प्रहरीका अनुसार यी दुवैले मिलेमतोमा विद्यार्थी पहिचान गर्ने, उनीहरुसँग पैसाको बार्गेनिङ गर्ने र पैसा पाएपछि उत्तर पुस्तिकाको खाली भागमा उत्तरहरु थपेर विद्यार्थीलाई पास गराइदिने काम गर्थे। अनुसन्धानका क्रममा भाटले कपीको फोटो खिचेर विद्यार्थीहरुको पहिचान गर्दै भाइबारबाट पठाउँथे। अक्षर चिनेर विद्यार्थीहरुले आफ्नो कपी पहिचान गर्थे। त्यसपछि मात्रै उनीहरुबिच बार्गेनिङ सुरु हुन्थ्यो। अनुसन्धानका क्रममा प्रहरीले शाही र भाट दुवैको मोबाइल जफत गरेर मोबाइलमा भएका तस्बिर र सन्देशहरु जाँच गरेको थियो। उनीहरु दुवैको कल डिटेल हेर्दा विद्यार्थीसँग बारम्बार सम्पर्क भएको देखिन्छ।प्रहरीका अनुसार पैसाको सोझो डिल गर्ने जिम्मा भाटले लिएका थिए। सुरुवाती अनुसन्धानका क्रममा उनीहरुकरिब २५ जना विद्यार्थीसँग रकम उठाएको देखिन्छ। अनुसन्धानमा संग्लन एक अधिकारीका अनुसार अघिल्लो वर्ष पनि उनीहरुले यसैगरी विद्यार्थीबाट पैसा लिएर नम्बर चढाएका थिए।कान्तिपुर दैनिक समाचार छ l
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय