सौल दक्षिण कोरिया,
कुनै पनि कामदारले आफुले काम गरेको सबै कम्पनीहरुमा एक बर्षभन्दा बढी अवधि काम गरी कोरिया बसाइको अवधि समाप्ति भएमा वा स्वेच्छाले स्वदेश फिर्ता हुनुपरेमा आदि कारणले कम्पनी छाेडेकाे खण्डमा कम्पनि छोड्नुपुर्वको पछिल्लो ३ महिना अवधिमा बुझेको रकमको हुन आउने मासिक औषत बराबरको रकम १ बर्षको लागी थेजिकम वापत प्राप्त हुने रकम हुन्छ ।
रोजगारदाताले साधारण तलवको ८.३ सामसंग ह्वाजेमा जम्मा गरेको हुन्छ।
सामसंग ह्वाजेमा जम्मा भएको रकम सोधपुछ गरी आफुले पाउनुपर्ने रकम भन्दा कम भएको खण्डमा रोजगारदातासंग भुक्तानीको लागि अनुरोध गर्न सकिन्छ