काठमाडौँ — मानिसलाई अन्तरिक्ष भ्रमण गराउने रकेटको ‘फर्स्ट लुक’ सार्वजनिक भएको छ । मान्छेलाई मंगल ग्रहमा लैजाने महत्वकांक्षी योजना बोकेका अमेरिकी रकेट निर्माता कम्पनी स्पेश एक्सका सीईओ एलोन मस्कले रकेटको ‘प्रोटोटाइप’ सार्वजनिक गरेका हुन् ।उक्त रकेटको नाम स्टारसिप रहेको छ। रकेटको परीक्षण उडान गर्ने तयारी भइरहेको मस्कले जनाएका छन्। स्टिल कलरमा पेन्ट गरिएको उक्त रकेटले कुनै दिन मानिसलाई पृथ्वीबाट चन्द्रामा र चन्द्रामादेखि मंगल ग्रहमा लैजाने बताइएको छ।