काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अचम्मका दृष्य देखिनछन्। कसैले आफ्नो सुटकेस काँधमा बोकेर हिँडिहरेका , कसैले बल्लतल्ल सामान उठाएर दौडिरहेका छन्, कोही थाकेर आफ्नो सामानमै बसेका हुन्छन । पुसको चिसोमा पनि उनीहरुको शरीर तात्तिएर पसिना आएको हुन्छ l
विदेशबाट नेपाल भित्रिने यात्रुहरुले यस्तो दुख व्यहोर्नू परेको विमानस्थलकै कमजोर व्यवस्थापनले हो। विमानस्थलबाट आफ्नो सामान प्राप्त गरेपछि यात्रुहरु सिधै ट्याक्सी पार्किङमा जान खोज्छन्। तर, विमानस्थलमा यात्रुको सामान वितरण गर्ने ठाउँबाट ट्याक्सी पार्किङ निकै टाढा छ।
त्यति मात्र कहाँ हो र, यात्रुले आफ्नो सामान प्राप्त गरेपछि ट्रलीमा राखेर सिधै ट्याक्सी पार्किङसम्म पनि पर्याउन पाउँदैनन्। किनकि सामान बोकेका ट्रली आधा बाटो बाटै फर्काइन्छ। त्यसैले यात्रुले आफ्नो सामान काँधमा बोकेर ट्याक्सीसम्म पुर्याउनु पर्छ।