सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

पूर्ण चन्द्रग्रहण भनेको के हो?

एजेन्सी  – सूर्य र चन्द्रको ठीक बीचबाट पृथ्वी अघि बढ्दै गर्दा  पूर्ण चन्द्रग्रहण देखिन्छ।यस्तो बेला सूर्य पृथ्वीको पछाडि पर्न जान्छ र चन्द्रमा पृथ्वीको छायाभित्र जाने गर्दछ।

विश्वभरिका आकासीय पिण्ड अवलोकनकर्ताहरूले आज रातो रङ्गको देखिने ‘सुपर ब्लड वुल्फ मुन’ चन्द्रग्रहण हेर्ने तयारी गरिरहेका छन्।निकै चित्ताकर्षक हुनसक्ने यो चन्द्रग्रहणको बेला पृथ्वीको उपग्रहको रूपमा रहेको चन्द्रमा निकै रातो रङ्गको देखिने वैज्ञानिकहरूको भनाइ छ।पूरै चन्द्रग्रहण उत्तर र दक्षिण अमेरिकाका साथै पश्चिम युरोप र उत्तर अफ्रिकाबाट देख्न सकिने छ।

सूर्यग्रहणलाई सीधै हेर्नु खतरनाक हुनसक्छ। तर चन्द्रग्रहणको बेला निस्किने प्रकाश निकै मधुरो हुने भएकोले चन्द्रग्रहणलाई कुनै उपकरणको सहयता विना नै हेर्न सकिन्छ। त्यो पूरै सुरक्षित हुन्छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय