लेखनाथ — अमेरिकामा मेकानिकल इन्जिनियरिङ उत्तीर्ण युवाको योजना के हुन सक्छ ? भरसक अमेरिकामै राम्रो जागिर खोज्ने । जिन्दगी उतै ‘सेटल’ गर्ने । कास्की घान्द्रुकका राहुल क्षत्री भने गाउँ फर्किए । बुबाको होटलमा भान्से बने । घान्द्रुक–घोरेपानी–पुन हिल पदमार्गमा पर्ने टाडापानीमा ८ होटल छन् । तीमध्ये होटल पानोरामा प्वाइन्ट राहुलको परिवारले चलाउँछ । उनी होटलमा खाना बनाउँछन् । पर्यटकसँग अर्डर लिन्छन् । वेटर आफैं बन्छन् । फोन उठाएर ‘बुकिङ’ लिन्छन् । भेटेजति काम गर्छन् । २८ वर्षीय राहुल इन्जिनियरिङ पढेर पनि होटल सम्हादै आएका छन् ।