एजेन्सी –जो आफ्नो पार्टनरसँग लाइट मुडमा मजाक गर्छन्, उनीहरूको सम्बन्ध सुमधुर र दीर्घकालीन हुने सम्भावना अत्यधिक हुन्छ ।
यदि तपाईं आफ्नो पार्टनरसँग सम्बन्ध दीर्घकालीन र बलियो होस् भन्ने चाहनुहुन्छ भने पार्टनरसँग रोमान्स सँगसँगै हँसीमजाक पनि आवस्यकता पर्छ। पार्टनरसँग मजाक गर्दा सम्बन्ध बलियाे र दीर्घकालीन हुने हालै गरेको एक अनुसन्धानबाट देखिएकाे छ ।
तर, यहाँ हाँसो गर्नुको मतलब यो होइन कि तपाई आफ्नो पार्टनरको मजाक उडाउन सक्नुहुन्छ । अध्ययनले भन्छ– त्यसरी गरिने जोक दुईजनाबीच मात्र सीमित हुनुपर्छ र त्यसको अभिप्राय मात्र हाँस्ने र हसाँउने हुनुपर्छ । तर एक-अर्काको इज्जत र स्वाभिमानमा असर पार्ने खालका विषय प्रसंग हुनु उपयुक्त हुँदैन । तर, ती जोडीहरू जो आफ्नो पार्टनरसँग अश्लील मजाक गर्छन् या एकअर्कालाई हाेच्याउने कोसिस गर्छन् उनीहरूको सम्बन्ध राम्रो हुँदैन किनकि त्यस प्रकारका मजाकहरू सम्बन्धका लागि हानिकारक हुन्छन् ।
अमेरिकाको विश्वविद्यालय अफ कन्सासका प्रोफेसर जेफ्री हाल भन्छन्, ‘रोमान्टिक पार्टनरका बीच हँसी–मजाक र ठट्टा हुनु आवश्यक छ, यसले सम्बन्धको बोन्डिङलाई मजबुत गराउँछ र सम्बन्धमा सुरक्षाको भाव स्थापित हुन्छ । यति मात्र होइन, जब तपाईं पार्टनरसँग हाँसो–मजाक र खुसी सेयर गर्नुहुन्छ तब एक अर्काबीच रोमान्टिक आकर्षण पनि बढ्दै जान्छ ।’
तर हाँसो–मजाक चाहिने भन्दा बढी गर्नु हुँदैन । अनावश्यक ठट्टाले एकअर्कालाई हानी पुर्याउन पनि सक्छ । हामीले गरिरहेको हाँसो– मजाक कस्तो प्रवृतिको छ, त्यसले अर्को व्यक्तिलाई कस्तो असर पर्छ भन्ने कुरा सधैं मनन गरी राख्नुपर्छ नत्र मजाकले सम्बन्धलाई फाइदा गर्नुको साटो हानी गर्छ ।