सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

अर्को बर्ष नेपालमा आउँदै पानीजहाज

1200*120

काठमाडौं । नेपालका नदीमा पानीजहाज संचालन भएको देख्ने नेपाली जनताको बर्षौंदेखिको सपना अब पूरा हुने भएको छ ।

सरकारले कोसी र नारायणी नदीमा आगामी एक बर्षभित्र पानीजहाज संचालन प्रक्रिया अगाडि बढाउने भएपछि नेपाली जनताको त्यो सपना पुरा हुने भएको हो ।

पानीजहाज संचालनका लागि सरकारले यससम्बन्धी कार्यालय स्थापना गर्ने निर्णय एकसाता अघि नै गरिसकेको छ ।

सोही कार्यालयमार्फत पानीजहाज दर्तालगायत आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने बताइएको छ । पानीजहाज कार्यालय स्थापनासँगै जहाज संचालन गर्ने प्रक्रिया औपचारिक रुपमा अघि बढ्ने जल तथा उर्जा आयोगले जनाएको छ ।

1200*120

आयोगका सहसचिब माधव बेलबासेले भने,‘कार्यालय स्थापनासँगै यससम्बन्धी प्रक्रिया अघि बढ्नसक्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा हिन्द महासागरबाट नेपालमा पानीजहाज ल्याउने तथा रेल संचालन गर्ने विषयमा नेपाल र भारतबीच सम्झौता भएको थियो । -राजधानी दैनिकबाट

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120