सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

दक्षिण कोरियालाई हराउदै कतार एसिया कपको सेमिफ़ाइनलमा

एजेन्सी- एसियाकप फुटबलमा कतारले ऐतिहासिक सफलता हात पारेको छ। विश्वकपमा एसियाबाट रवाफिलो प्रदर्शन गर्दै आएको दक्षिण कोरियालाई एसिया कपमा १–० ले पराजित गर्दै कतार अन्तिम चारमा प्रवेश गरेको छ। जायद स्पोर्ट्स सिटी रंगशालामा कतार दोस्रो हाफमा भाग्यमानी सावित भयो। कतारको जितमा ७८ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो। कतारको जितमा अब्दुलाजिजले ३० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत हुँदा कोरिया स्तब्ध बनेको थियो।  कोरियाली स्टार ह्युङ मिन सनको नेतृत्वमा रहेको दक्षिण कोरियाले पहिलो हाफमा एकतर्फी दबाब दिए पनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा अड्किन पुग्यो। दोस्रो हाफमा पनि कोरिया कतारविरुद्ध हावी भयो तर गोल गर्न असफल भयो। कतारले अग्रता लिएलगत्तै कोरियाका ह्वाङ उइ–जोले गोल गरे पनि उनको गोल रेफ्रीले अफसाइड करार गरेका थिए। कतारले अब सेमिफाइनलमा अष्ट्रेलिया र अयोअजक यूएईबीचको विजेतासँग प्रतिष्पर्धा गर्ने छ। कतारले जारी प्रतियोगितामा लगातार ५ खेलमा जित दर्ता गर्ने क्रममा १२ गोल गर्दै उसले एउटा पनि गोल खाएको छैन। आगामी विश्वकपको आयोजक राष्ट्र कतार प्रभावसाली टिम तयारीमा विगत १० वर्षयता लागिरहेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय