सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

फोर जी सेवा सातै प्रदेशमा :नेपाल टेलिकम

काठमाडौँ- नेपाल टेलिकम सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्ने भएको छ। टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोरजी एलटिइ सेवा विस्तारका लागि  सम्झौता भएको छ ।

यसअघि संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रहेर देशभर चाडो सेवा विस्तार गर्न निर्देशन दिएको थियो।

टेलिकमले मुलुकमै पहिलो पटक २०७३ साल पुस १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी/एलटिइ सेवा सञ्चालन गरेको थियो।

उनका अनुसार छुट्टाछुट्टै सम्झौतापत्रमा टेलिकमकोतर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटिइ तथा सिसिएसआइका प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी दिइन्। साथै फोरजी–एलटिइ सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क(र्‍यान)का लागि चिनियाँ कम्पनी जेडटिइ र सिसिएसआइ हङकङसँग सम्झौता समेत भइसकेको बताइन्।

यस्तै सेवा विस्तार भएपश्चात् टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलीका रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकताअनुसारका सेवा छनोट गर्ने अवसर प्राप्त हुने उनले विज्ञप्तिमा उल्लेख गरेको बताइन्। उनले भनिन्, ‘ फोरजीको मुख्य कोर नेटवर्क काठमाडौँ र बुटवलमा
रहनेछ।’  देश संचार मा समाचार छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय