फर्के पछि कहिल्यै बिदेश जानेंं छैन प्यारी
सत्य बोल्छु झुठा कसम खानेंं छैन प्यारी
रहर होइन बाध्यताले घर छोडी हिनेंको हो
तर पनि लाहुर आफ्नो ठानें छैन प्यारी
रोटी सँगै हरेक दिन रोजि पाउँदा पनि
तिमी बिना मेरो कुनै मानें छैन प्यारी
दु:ख लाग्छ घर छोडी हिनेको नी दशकौं भो
अझै कतै दशधुर जग्गा हानें छैन प्यारी
बुझेकै छु पैसा सँग ज्यानै साटेपनी
मर्दा सँगै कसैले केही लानें छैन प्यारी
कृष्ण खरेल , गुल्मी
हाल दक्षिण कोरिया