सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

अमेरिकाले यूरोपेली मुलुकलाई चिनियाँ उपकरण नकिन्न आग्रह

एजेन्सी-  अमेरिकाले यूरोपेली मुलुकलाई चिनियाँ कम्पनीसँग नयाँ पुस्ताको इन्टरनेट ५ जीका उपकरण खरीद नगर्न आग्रह गरेको छ । विदेश मन्त्रालयको एक स्रोतले यूरोपेली कमिशन र बेल्जियमको वार्तापछि अमेरिकाले अन्य यूरोपेली मुलुकमा पनि हुवावेईका उपकरण खरीद नगर्न सुझावसहितको पत्र पठाउने तयारी गरेको बताएको छ ।

अमेरिकाले पठाउने पत्रमा यूरोपेली मुलुकलाई निकै सचेत रहन र चीनजस्ता मुलुकका अविश्वसनीय आपूर्तिकर्तासँग सम्झौता नगर्न सुझाव दिइएको छ । अमेरिकाले चीनले यी उपकरण जासूसीका लागि प्रयोग हुन सक्ने बताउँदै आएको छ । हुवावेई तथा जेडटीईजस्ता चिनियाँ आपूर्तिकर्ताका कारण राष्ट्रिय सुरक्षामा आँच आउने अमेरिकाको बुझाइ छ ।

स्रोतका अनुसार अमेरिकाले हुवावेई र जेडटीईका उपकरण मात्र नभई चीनको जासूसीमाथि पनि रोक लगाइएको पत्रमा उल्लेख छ । यसअघि यूरोपेली कमिशनले हुवावेईको ५ जी नेटवर्क विस्तारको प्रस्तावबारे पुनर्विचार गरिरहेको समाचार सार्वजनिक भएको थियो । जर्मनीमा हुवावेईको प्रयोगबारे बहस बढेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय