गुल्मी, गुल्मी जिल्लाका विभिन्न स्थानमा बर्षातसँगै बाक्लो हिमपात भएको छ ।लगातार ३ दिनदेखिको बर्षासगै जिल्लामा बाक्लो हिमपात भएपछि अत्याधिक चिसोका कारण जनजीबन कष्टकर बनेको छ।
बाक्लो हिमपातले जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमपातले जिल्लाको रेसुङ्गा लगायत मदाने गाउँपालिकाको मदानेलेख, कङ्केदेउराली, सैरे, मालिका गाउँपालिकाको मालिकालेक, अर्खवाङ्ग, चन्द्रकोट गाउँपालिकाको दिवु्रङलेक, टिमुरे क्षेत्र, ग्वाघा, सत्यवती गाउँपालिकाको भार्सेको लेक, ,ठुलोलुम्पेक, मुसिकोट नगरपालिकाको थाप्लेको लेख ,कुर्घा, अर्लांगकोट लगायतका क्षेत्रहरु सेताम्ये भएका छन।
चिसोका कारण स्थानीयहरू घर बाहिर निस्कन सकेका छैनन् । लामो समयको खडेरीपछि पानीसँगै हिमपात भएपछि कृषकहरू खुशी भएका छन। जिल्लाभर नै हिमपात भएकाले चिसो समेत अत्यधिक बढेको छ ।