एजेन्सी – जापानका उपप्रधानमन्त्री तारो आसोको एक बयान विवादास्पद बनेको छ । उनले देशमा बढ्दो बृद्ध आवादी र घट्दो जन्मदरका लािग महिला दोषी भएको बताएका थिए ।
उनले देशमा समस्या बृद्धबाट नभएर बच्चा नजन्माउने महिलाबाट भइरहेको बताएका थिए । जापानमा बृद्धहरुको आवादी धेरै बढेको र यो स्थिति जन्मिने बच्चाको संख्या कम भयो भने गम्भिर हुने आसोले बताए । आसो जापानका अर्थ मन्त्री पनि हुन् ।
आसोको उक्त विवादास्पद बयानको विपक्षले कडा विरोध गरेका छन् । उप प्रधानमन्त्रीको बयान महिला प्रति असंवेदनशिल भएको बताएका छन् । देशमा बच्चा चाहने धेरै जोडी छन् तर उनीहरु विभिन्न कारणले असमर्थ छन् । विपक्ष सधैँ आसोलाई रुढिवादी नेता मान्छन् र उनले प्राय महिला विरुद्ध बयान दिइरहेका हुन्छन् ।
विपक्षीको विरोधपछि आसोले माफी माग्दै आफनो बयान फिर्ता लिएका छन् । ७८ बर्षिय तारो आसोले आफनो बयानलाई सन्चार माध्यमले तोडमरोड गरि प्रस्तुत गरेको बताएका छन् । आफुले देशमा घट्दो जन्मदर र जापानको स्वास्थ्य अर्थ ब्यवस्थाका विषयमा सरल तरिकाले बताउने प्रयास मात्र गरेको उनले बताए ।साभार : समाचार पत्र