सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

भारतको दिल्लीस्थित एक होटलमा आगलागी हुँदा १७ को मृत्यु

एजेन्सी –  भारतको दिल्लीस्थित एउटा होटलमा मङ्गलवार बिहान आगलागी हुँदा १७ जनाको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ।पाँचतले अर्पित प्यालेस होटलको सबैभन्दा माथिल्लो भाग पूरै जलेको बताइएको छ। आगलागी विहानको चार बजेतिर शुरू भएको थियो।एउटा भिडिओमा सिसाको झ्याल फोडेर मानिसहरू हाम फालिरहेको देखिन्छ।समाचारहरूमा जनाइए अनुसार धेरैको मृत्यु निसासिएर भएको थियो।

जानकारीका अनुसार करोलबागको होटल अर्पित प्यालेसमा करिब साढे चारबजे आगो लागेको हो । गहिरो निन्द्रामा परेका मानिसहरुले केही बुझ्न नपाउँदै आगो फैलिसकेको थियो । चिफ फायर अफिसरका अनुसार दुई व्यक्ति होटलको भवनबाट हाम फालेका थिए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय