सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

अबैध कामदारलाई कडाइ गर्दै कोरिया, कम्पनिमै गएर धरपकड गर्न सक्ने

कोरियाले अबैध बिदेशी कामदारलाई स्वदेश फिर्ता गर्न ब्यापक धरपकड गर्ने भएको छ l न्याय मन्त्रालय तथा अध्यागम प्रहरीले  संयुक्त रुपामा  १ महिने बृहत योजना बनाइ उक्त अभियानलाइ अगाडी बढाउने बताइएको छ l उक्त टोलीले कर्यस्थालामै पुगी धरपकड गर्न सक्ने न्याय मन्त्रालयले बताएको छ l

टोलीले पहिले चरणमा निर्माण क्षेत्र, मसाज केन्द्र ,रात्री क्लब तथा बार हरुमा ब्यापक धरपकड गर्ने छ भने अन्य क्षेत्रमा दोस्रो चरणमा कामदार पक्राउ गर्ने छ l

यसरि पक्राउ पर्ने कामदारलाई स्वदेश फिर्ता गरि  १० बर्ष सम्म कोरिया प्रवेशमा रोक लगाइने बताइएको छ l न्याय मन्त्रालयले उक्त अभियानको लागि  सरकारका अन्य एजेन्सी संग पनि सहकार्यक गर्ने जनाएको  छ l
धरपकड कोरियन कानुन अनुसार गरिने छ भने उक्त समयमा हुन् सक्ने दुर्घटना लाइ समेत मध्यनजर गर्दै बिभिन्न सुरक्षा साबधानी पनि अपनाइने बताएको छ l

गत सोमबार कोरियन फेडेरेसन अफ कन्स्ट्रक्सन ट्रेड युनियनले कोरिया बाट अबैध बिदेशी कामदार हटाउनु पर्ने तथा भ्रमण भिषामा कडाइ गर्नु पर्ने माग राख्दै  योंगसानमा ब्यापक पर्दशन गरेका थिए l

कोरिया टाइम्स/

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय