मीन बि क दक्षिण कोरिया ,
बिगत लामो समयसम्म कोरियालाई कर्मथलो बनाएर बसिरहनुभएको तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको अध्यक्ष पदमा रहेर २ वटा कार्यकालको नेतृत्व सम्पन्न गर्नुभएको निवर्तमान अध्यक्ष खेम कार्कीलाई नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले एक कार्यक्रम बनाएर भब्य सम्मान तथा बिदाई गरेको छ ।

शुभेच्छा रेस्टुरेन्टको हलमा गरिएको कार्यक्रममा एन सि सि का बरिस्ठ उपाध्यक्ष श्री प्रसाद श्रेष्ठ , एनआरएन एसिया प्यासिफिक महिला सम्योजक जुनु गुरुङ्ग,प्रदेश नम्बर ३का अध्यक्ष किशोर ब्लोन नियोन ,धादिङ समाजका अध्यक्ष सन्तोष अधिकारी ,दोलखा समाजका अध्यक्ष सरोज के सि ,काभ्रे समाजका सानु लामा, चितवन सम्पर्क समाजका प्रतिनिधि, थारु कल्याणकारी समाजका शिव संकर महतो, नुवाकोट समाजका सचीव शुन्दर अधिकारी लगायत थुप्रै सामाजिक अभियान्ता युवाहरु ,समाजसेवीहरु ,राजनितिक दलका प्रतिनिधिहरु ,बुद्दिजोवीहरु तथा पत्रकार मित्रहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै एन सी सी बरिष्ठ उपाध्यक्ष श्री प्रसाद श्रेष्ठले “कोरियामा बिदाई कार्यक्रम भब्य सभ्य बनाउनु भएको र अबका दिनहरुमा बिदाई कार्यक्रमहरुलाई पनि एकरुपता गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । त्यस्तै नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्षले “एकैसाथ काम गरेर धेरै कुराहरु सिकेको र अब आउने दिनहरुमा पनि उत्तिकै साथ सहयोग प्राप्त गर्ने कुरामा आफू बिस्वस्त रहनुका साथै नेपाल बसाई अझै उपलब्धिमुलक रहने शुभकामना भक्त गर्दै खादा ओढाएर सम्मान पत्र निवर्तमान अध्यक्ष खेम कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो । भने उपस्थित सबैले पालैपालो खादा ओढाएर सम्मान गरेका थिए ।

सम्मान ग्रहण गरिसकेपछी अन्त्यमा बोल्दै निवर्तमान अध्यक्षले लगायत उपस्तिथ सम्पुर्ण लाई धन्यवाद दिदैं भोतिक रुपमा टाढा हुने भएता पनि अहिलेको डिजिटल दुनियाँमा हामी साथमै रहने र साथ सहयोग सदैव तपाईहरुकै वरपर रहने कुरा ब्यक्त गर्नुभएको थियो ।