सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

एनसेल टावरमा भएको आक्रमणको जिम्मेवारी नेत्र विक्रम चन्द (विप्लव) समूहले लियाे

काठमाडाैं – देशका विभिन्न स्थानका एनसेल टावरमा भएको आक्रमणको जिम्मेवारी नेत्रविक्रम  चन्द (विप्लव) नेतृत्वले लिएको छ । शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि बम पड्काउँदा एक जनाको मृत्यु भएको थियो ।  दुई जना घाइते भएका छन् ।

पार्टी उच्च स्रोतका अनुसार ७३ अर्बभन्दा बढी कर छलेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णयहरू पालना नगरेको भन्दै आक्रमण गरेको पुष्टि गरेको छ । यद्यपी नेकपाले ललितपुरमा भएको घटनाप्रति दुख व्यक्त गर्दै व्यक्ति वा सर्वसाधारणप्रति लक्षित भएर मानवीय क्षति गर्ने योजना नरहेको बताएको छ । नया पत्रिकामा समाचार छ l

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय