सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

रेलमार्गबाट भियतनाम पुगेका उत्तर कोरियाली नेता किम लाई भब्य स्वागत

एजेन्सी – उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम पुगेका छन्। करिब  चार हजार किलाेमिटरकाे यात्रा पूरा गरेर उन भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङ पुगेका हुन्। उन भियतनामको सीमावर्ती शहर दोङदाङ हुँदै भियतनाम पुगेका हुन्। उन भियतनाम पुगेसँगै रेल सेवा समेत बन्द गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ। उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम आएका हुन्।

दोङदाङबाट किमलाई सडक मार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई लगिएको छ। किम शनिबार रेल चढेर भियतनामतर्फ प्रस्थान गरेका थिए। उनी चीनको राजधानी पइचिङ हुँदै रेलमा भियतनाम पुगेका हुन्। हनोईमा बुधबार र बिहीबार  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुने छ। राष्ट्रपति ट्रम्प पनि मंगलबार हनोई पुग्ने कार्यक्रम रहेको छ। उनीहरूबीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो। सिंगापुरपछिको यो निकै चर्चित भेटवार्ता हो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय