तमू धीं दक्षिण कोरिया केन्द्रको आयोजनामा संस्थाको बार्षिक साधारण सभा २०१९ सौल दोङ्देमुनको दर्शन नमस्ते रेष्टुरेन्टको हलमा हिजो संस्थाको केन्द्रिय अध्यक्ष जित गुरुङ ज्युको सभापतित्वमा सम्पन्न भयो।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ द.कोरियाकी का.अध्यक्ष मल्लिका थकाली को प्रमुख अतिथ्यता, संस्थाका संरक्षक भिम गुरुङको बिशेष अतिथ्यता रहेको थियो भने अतिथिहरुमा एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङ,एनआरएनए एसिया प्यासिफिक महिला उप-संयोजक जुनु गुरुङ,संस्थाका बरिष्ठ सल्लाहकार गुप्त गुरुङ, एनआरएनए कोरियाका ब.उपाध्यक्ष विपिन गुरुङ,संस्थाका थेगू शाखाका प्रतिनिधि एवं सचिव विल गुरुङ,संस्थाका ख्यङ्साङ्नाम्दो शाखाका अध्यक्ष अनिश गुरुङ,किराँत राई यायोक्खा द.कोरियाका अध्यक्ष बालकृष्ण वान्तावा,नेपाल तामाङ् संघ द.कोरियाका अध्यक्ष मेघ प्रसाद वाईवा,नेवा पुच: द.कोरियाका अध्यक्ष पुरु जोशी ,संस्थाका भूपु अध्यक्ष एवं वर्तमान सल्लाहकार तथा कास्की परिवार द.कोरियाका अध्यक्ष सुरज गुरुङ ,संस्थाका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार प्रदिप गुरुङ लगायत संस्थाका वर्तमान एवं निवर्तमान केन्द्रिय सल्लाहकार ज्यूहरु तथा यस संस्थाका शाखाका सल्लाहकारज्यूहरु, विभिन्न क्षेत्रीय तथा अन्य संघसंस्थाका तमू अध्यक्ष ज्यूहरु एवं प्रतिनिधि ज्यूहरु,संस्थाका विभागीय संयोजक तथा सह-संयोजक ज्यूहरु रहेको थियो।
“प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”अर्थात शास्त्र हराए संस्कार हराउंछ,संस्कार हराए संस्कृति हराउंछ, संस्कृति हराए मानिस जाति नै हराउँछ। भन्ने तमू विश्वव्यापी नारालाई आत्मसाथ गर्दै तमू जातिको मौलिक भेषभूषा,भाषा,कला,पराम्परा, संस्कार र संस्कृतिको संरक्षण र संबर्द्वन गर्नुका साथै दक्षिण कोरियाबासी तमू(गुरुङ)हरु एवं गैर तमूहरुको हरेक दु:ख अनि सु:खमा हातेमालो गर्ने उद्देश्य सहित सन् १९९९ मा स्थापित कोरियाको एक अग्रणी संस्था तथा तमूहरूकाे एक मात्र साझा संस्था तमू धीं दक्षिण कोरियाद्वारा आयोजना भएको बार्षिक साधारण सभा २०१९ कार्यक्रमका प्रमुख अतिथि मल्लिका थकालीले पानसमा दिप प्रज्वलन गरि सभाको समुद्घाटन गरेको थियो।
संस्थाका बरिष्ठ उपाध्यक्ष एक गुरुङको स्वागत मन्तव्य शुरुभएको पहिलो चरणको कार्यक्रममा अतिथिहरु मेघ प्रसाद वाईवा,बालकृष्ण वान्तावा, अनिश गुरुङ,विल गुरुङ,विपिन गुरुङ र लक्ष्मी लामा गुरुङले आ-आफ्नो तार्किक धारणा सहित सभाको सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो। यसै गरि कोरियाली भूमिबाट विदाई भई नेपाल फिर्ता जान लाग्नुभएका व्यक्तित्वहरु रेखे गुरुङ,हिमानी गुरुङ र गुप्त गुरुङले संस्थामा आबद्द रहेर भोगेका विभिन्न तितामिठा पलहरुको स्मरण गर्दै संस्था संग जहाँ रहेतापनि सहकार्य निरन्तर रहने प्रतिबद्दता सहित आफ्नो मन्तव्य राख्नुभएको थियो भने पहिलो चरणको अन्तमा सभाका प्रमुख अतिथि मल्लिका थकालीले आफ्नो मन्तव्य राख्दै संस्थाले चाल्दै आईरहेको कार्यहरुको प्रशंसा र आगामी कार्यक्रमहरुको लागि शुभकामना सहित विश्व भर स्थपना भएको जातीय संस्थाहरुले एकजुट भएर आदिवासी जनजातिहरुको हित र अधिकारको लागि आवाज उठाउनुपर्छ भन्नुभएको थियो।
साथै केन्द्रिय कार्यलय सचिव नन्दजंग गुरुङले संस्थाको सन् २०१८-१९ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपा गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो। यसै गरि संस्थाको आगामी बार्षिक कार्ययोजना पनि प्रस्तुत गरेर छलफल गरि पारित गरि सार्बजनिक गरेको बिशेष कार्यक्रमहरु निम्न लिखित रहेको छ। १)रि च्हमी कैं (मे १८) २)बृहत वनभोज कार्यक्रम(मिति पछि तय गर्ने) ३)रोधीं भाग -४ बृहत साँस्कृतिक कार्यक्रम(कोरियन महान पर्व छुसक २०१९) यसै गरि संस्थाको मूल विधान लाई संस्थाका संरक्षक भिम गुरुङको संयोजकत्वमा गठित सात सदस्यीय विधान संशोधन समिति २०१९ ले तेश्रो पटक संशोधन गरि उक्त सभामा प्रस्तुत गरि तमू धीं दक्षिण कोरियाको तेश्रो संशोधित विधान २०१९ सर्वसम्मते पारित गरियो। यसै गरि कोरियामा सम्पन्न विभिन्न अधिवेशनहरुबाट नव निर्वाचित तमू अध्यक्ष ज्यूहरुलाई कार्यकाल सफलताको शुभकामना सहित बधाई स्वरुप सम्मान प्रदान,आजीवन सदस्यता प्रमाणपत्र प्रदान,गत ल्होसार/ल्होछार कार्यक्रम २०७५ मा बिशेष सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाहरुलाई सम्मान प्रदान गरेको थियो। यसै गरि आफ्नो कर्मभूमि कोरियाको बसाईलाई अन्त्य गर्दै स्वदेश फिर्ता जान लाग्नुभएका संस्थाका ब. सल्लाहकार गुप्त गुरुङ, महिला विभाग संयोजक हिमानी गुरुङ र प्रचारप्रसार सचिव तथा सञ्चार विभाग सह-संयोजक रेखे गुरुङलाई शुभ-यात्राको कामना सहित संस्थाप्रति उहांहरुले पुर्याउनुभएको अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै संस्थाको तर्फबाट मायाको चिनो,दोसल्ला र खादा ओढाई सम्मान प्रदान गरेको थियो भने अन्य संघसंस्थाका प्रतिनिधि एवं अन्य व्यक्तित्वहरुले पनि सम्मान एवं विदाई गरेको थियो।
पहिलो र दोश्रो चरणमा सञ्चालन भएको उक्त कार्यक्रमको अन्त्यमा कार्यक्रमका बिशेष अतिथि तथा संस्थाका संरक्षक एवं विधान संशोधन समिति संयोजक भिम गुरुङले विधानलाई संशोधन गर्न सहयोग गर्नुहुने समितिका सम्पूर्ण सदस्यहरु र पारित गर्न सुझाव र सहमति दिनुहुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका सभापति जित गुरुङले व्यस्त समयको बाबजुत पनि कार्यक्रममा उपस्थित प्रमुख अतिथि,विशेष अतिथि लगयात यसम्पूर्ण अतिथि एवं उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई र बार्षिक साधारण सभा भव्य अनि सभ्य रुपमा सफल पार्न प्रत्यक्ष अप्रतक्ष्य सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेको थियो भने तेश्रो विधान संशोधन समिति २०१९का संयोजक भिम गुरुङ र सम्पूर्ण टिमलाई र कोरियाको बसाई लाई अन्त्य गरि नेपाल जान लाग्नुभएका सम्पूर्णलाई बिशेष आभार व्यक्त गर्दै सबैमा सुखद भविष्य र शुभयात्राको शुभकामना व्यक्त गर्दै सभा समापनको घोषणा गरेको थियो। कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव लेसन गुरुङले गरेका थिए।