एजेन्सी- भारत र पाकिस्तानकाे सम्बन्ध थप जटिल बन्दै गएकाे छ। १४ फेब्रुअरीमा भारतको पुलवामामा भएको भारतीय सुरक्षाकर्मीमाथिकाे हमलापछि यी दुई देशबीच युद्धको अवस्था आएकाे हाे।
भारतले मंगलबारमात्रै पाकिस्तानमाथि बम हमला गरेको थियाे। जसको जवाफमा पाकिस्तानले बुधबार भारतका दुई लडाकु विमान खसालेर ध्वस्त पारेको दाबी गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले बुधबार पाकिस्तानकाे वायुक्षेत्र प्रवेश गरेका वायुसेनाका दुई लडाकु विमान ध्वस्त गरेको दाबी गरेको बीबीसीले लेखेको छ। मेजर जनरल आसिफ गफूरले बुधबार बिहान पाकिस्तानकाे हवाई क्षेत्रमा प्रवेश गरेका र भारत-पाक नियन्त्रण रेखा पार गरेका दुई लडाकु विमानलाई खसालेकाे र उक्त विमानका एक पाइलटलाई गिरफ्तार गरिएको बताएका छन्। पाकिस्तानकाे विदेशमन्त्रालयका प्रवक्ता डा. माेहम्मद फैसलले पाकिस्तानी वायुसेनाले भारतमा बम हमला गरेको दाबी गरेका छन्।
भारत – पाकिस्तान एक अर्का विरुद्धको प्रोपोगान्डा उत्कर्षमा
Comments