सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

अमेजन मालिक बेजोस बने विश्वकै सबैभन्दा दानी व्यक्ति

एजेन्सी- अमेरिकी इकमर्श कम्पनी अमेजनका मालिक जेफ बेजोस र म्याकेन्जी बेजोस विश्वका सबैभन्दा दानी दम्पत्ति बनेका छन् ।सन् २०१८ मा यो दम्पत्तिले विश्वमा सबैभन्दा धेरै रकम च्यारिटीका लागि दान गरेको छ ।दी क्रोनिकल फिलान्थ्रोपीका अनुसार जेफ र म्याकेन्जीले सन् २०१८ मा घरवारबिहीन परिवारहरुको सहयोगका लागि २ अर्ब डलर दान गरेका छन् ।

बेजोस डे वन फन्ड नामक कोष अन्तर्गत उनीहरुले सो रकम कल्याणकारी कार्यमा दान गरेका हुन् जुन कोष सन् २०१८ को सेप्टेम्बरमा स्थापना भएको हो ।
यो जोडीले गत महिला डिभोर्सको घोषणा गरेको थियो । तर, व्यवसाय तथा प्रोजेक्टहरुमा आफुहरुको सहकार्य जारी रहने दुबै जनाले बताएका छन् ।

क्रोनिकलले सार्वजनिक गरेको सबैभन्दा धेरै दान गर्ने दानीहरुको सूची अनुसार सन् २०१८ मा धनाढ्यहरुको दानीपन कम देखिएको छ । सबैभन्दा बढी दान गर्ने ५० दानीहरुले गरेको आर्थिक सहयोग सन् २०१७ मा भन्दा झण्डै आधाले घटेको छ ।

सन् २०१७ मा विश्वमा सबैभन्दा धेरै दान गर्ने ५० जनाले १७ अर्ब ७० करोड डलर रकम दान गरेकोमा सन् २०१८ मा यो रकम ७ अर्ब ८० करोड मात्र दान गरेका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय