सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

किम-ट्रम्प शिखरवार्ता असफल

एजेन्सी – अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने उत्तर कोरियाको मागबारे सहमति हुन नसक्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अन बीचको शिखरवार्ता विनासहमति टुङ्गिएको छ।

ट्रम्प र किम भियतनामको हनोईमा परमाणु निरस्त्रीकरणबारे छलफल गर्न भेला भएका थिए। यो उनीहरूको दोस्रो शिखर वार्ता थियो।पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले प्रतिबन्धकै विषयमा कुरा नमिलेको बताए।उनले भने, “उनीहरू प्रतिबन्धहरू पूरै हटाइयोस् भन्ने चाहन्थे तर हामीले त्यसो गर्न सकेनौँ।”तेस्रो शिखरवार्ताको कुनै योजना नबनाइएको उनले बताए।

वाशिङ्टनले यसअघि उत्तर कोरियाले एकपक्षीय रूपमा परमाणु अस्त्र त्यागेपछि मात्र आर्थिक प्रतिबन्ध खुकुलो पार्न सकिने बताएको थियो।तर उत्तर कोरियाका निम्ति उक्त शर्त स्वीकारयोग्य भएन।बिबिसी

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय