एजेन्सी- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गिरफ्तार गरेको भारतीय पाइलट अभिनन्दनलाई शुक्रवार रिहा गर्ने बताएका छन् । प्रधानमन्त्री खानले यो घोषणा बिहीवार संसदमा गरेका हुन् ।
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री खानले भने, ‘हामीले भारतलाई चिठी लेख्यौं कि विदेश मन्त्रीबीच भेट गर्न चाहन्छौं । तर हामीले चित्तबुझ्दो जवाफ पाएनौं । हामीले यसको जवाफ किन पाएनौं भने भारतमा चुनाव हुँदैछ ।’उनले शान्तिका लागि आफूहरूले भारतीय पाइलटलाई रिहा गर्न लागेको बताए l भारत र पाकिस्तानबीच चुलिँदो तनावलाई मत्थर पार्न ती विमानचालकलाई मुक्त गर्न लागिएको खानले बताए।