एजेन्सी – नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ। स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरूको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन्। पेट्रोलियम पदार्थको सो पाइप विस्फोटन भएपछि आगलागी हुनुका साथै धुँवा समेत उठेको अधिकारीहरुले बताएका छन्। सो पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै पनि कम्पनीले घटनाका बारेमा कुनै जिम्मेबारी जनाएका छैनन्। घटनामा परी घाइते भएकाहरूको संख्या धेरै नै रहेको तर कति छन् भन्ने यकिन नभएको बताइएको छ ।