सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

निर्मला हत्या प्रकरण : तत्कालीन एसपी विष्टलाई धरौटीमा छाड्न आदेश

कञ्चनपुर — निर्मला पन्त हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट र यतना अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न आदेश दिएको छ । उनलाई आइतबार साढे १० लाखमा धरौटीमा छाड्न आदेश भएको हो ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यातना कसुरमा ६ लाख र प्रमाण नष्टमा साढे ४ लाख धरौटीमा छाड्न आदेश गरेको जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए । ‘यातना र प्रमाण नष्ट दुवैमा साढे १० लाख धरौटीमा छाड्न आदेश भएको छ,’ उनले भने, ‘धरौटी बुझाउन नसके कारगार पठाउन भनेको छ ।’

गत मंगलबार अदालतमा उपस्थित भएका विष्टको बुधबार र शुक्रबार थुनछेक बहस भएको थियो । यसअघि अदालतमा उपस्थित भएका ६ प्रहरीलाई पनि धरौटीमै छाड्न आदेश दिएको थियो ।

यातना र प्रमाण नष्टको अभियोग लागेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन डिएसपी अंगुर जिसी भने अझै अदालतमा उपस्थित भएका छैनन् । फागुन २२ गते जिल्ला सरकारी वकिलको कार्यालयले यातना र प्रमाण नष्टको मुद्दा अदालतमा दायर गरेको थियो ।प्रकाशित : चैत्र १०, २०७५ कान्तिपुर न्युजबाट
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय