सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियामा भिषण आगलागी , आकाशबाट फाल्यो दमकलले पानी

सौल दक्षिण कोरिया मिन बि क ,
हिजो राती ४ बजे सौलबाट उत्तरतर्फ सोक्छोमा बिजुलीको ट्रान्सफरमर बाट निस्किएको आगोले भयानक रुप लिन पुगेको थियो । हिजो राती ४ बजे बाट शुरु भएको आगोलाइ भिषण हावाले स्थानान्तरण गरिदिएपछि फुटबल मैदान हुदै पहाडको भागमा लगातार पुगेको थियो ।अग्नि नियन्त्रण कार्यालयले जनाएअनुसार आगलागी बाट शुक्रबार बिहान ७:३० बजेसम्म १२५ घर जलेर नस्ट भएको थिएभने १ जनाको मृत्यु र ११ जना घाईते भएका छन साथै हजारौँ स्थानिय हरु हताहत भएका थिय।२५० हेक्टर क्षेत्रफलसम्म फैलीएको आगोका कारण अर्बौँको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ ।


आगोले लगभग १० किलोमिटर दुरी जलेर ध्वस्त भएका छन । गल्फ खेल्ने ठाँउमा फलामका पोलहरु पड्किएपछि घरहरुमा आगो लाग्न पुगेको थियो । गुडिरहेका बस र कारहरु पनि जल्न पुगेका थिए । आगो पानीको ताल नजिक पुगेपछि सामान्य अबस्थामा पुगेको थियो । पहाडमा भएका रुखहरु जलेर ठेट्नामा परिणत भएका छन् ।
आगोको मुस्लो यसरी स्थानान्तण भएको थियो कि त्यहा कुनै दमकलले जति पानीका फोहोरा फ्यालेपनि कुनै नियन्त्रण हुन सकेको थिएन ।जमिनबाट दमकलहरुको लस्कर लागेको थियो भने आकाशबाट हेलिकप्टरले समेत पानीको फोहोरा खसालेको थियो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय