एजेन्सी,६ मंसिर । बलिउड अभिनेता शहिद कपूरकी श्रीमती मिरा राजपूत र इशान खट्टरबीचको सम्बन्धमा खटपट देखिएको छ । भाउजुसँग फोटो खिच्न पोज दिएर बसेका देवरको एक्कासी मिराले हात झट्कारे पछि उनीहरुको सम्बन्ध राम्रोे नभएको हुन् सक्ने अनुमान लगाउन सकिन्छ ।
यद्यपी उनीहरुबीच निकै राम्रो भनिएको सम्बन्धमा मिराले गरेको ब्यवहारले अचम्मित बनाएको छ । गत बिहिबार मुम्बाईमा आयोजित एक कार्यक्रममा उपस्थित भएका देवर भाउजुले फोटोग्राफलाई फोटो खिच्नको लागि पोज दिएका थिए । त्यतिबेला इशानले भाउजुको ढाडमा हात राख्दा मिराले उनको हात एक्कासी झट्कारेर हटाइन् ।
मिराले देवर इशानलाई गरेको यी सबै हर्कत क्यामेरामा कैद भएका छन् । उनीहरुले फोटो खिचिसकेपछि कारको ढोका खोलेर इशान कारको अगाडी सिटमा बसेका थिए ।