सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

दक्षिण कोरियामा कार्यरत सुमन चापागाइको पहिलो लोक एल्बम पिपलुलाइ बर सार्वजनिक (भिडियो सहित )

सौल दक्षिण कोरिया,

बैदेशिक रोजगारीका सिलसिलामा हाल दक्षिण कोरिया रहेर पनि आफ्नो तन मन लगाएर यहि नेपाली लोक संगित बजारको भिडमा छुट्टै किसिमको गीत लिएर उदाएका एक नव कलाकार हुन बहु प्रतिभाका धनी सुमन चापागाई ।

बाल्यकालबाटै लोक संगीतमा रुची राख्ने चापागाई, उनले आफ्नो पहिलो लोकगीत ुपिपलुलाइ बर छु नामक एल्बम बजारमा लिएर नेपाली लोक संगीतमा पाइला अगाडी बढाएका छन ।

सुमन चापागाई र गायिका सम्झना भन्डारीको स्वरमा सजियको उक्त भाकामा सुमन चापागाईको स्वयम आफ्नै शब्द रहेको छ भने लय संगीत खेम सेन्चुरीको रहेको छ र एरेन्ज बिनोद बाजुरालीले गर्नुभएको छ भने सम्पादन मनोज कार्कीले गर्नुभएको छ ।

साथै निर्देशन मौसम हिमालीको रहेको छ । क्यामरा करन चैसिरले गर्नुभएको छ ।मोडेलमा पछिल्लो समय निकै ब्यस्त कलाकरहरु राम जि खांड, खेम सेन्चुरी र निरन्जलि लामाले गर्नु भएको छ । यस गीतलाइ खेम सेन्चुरीकै आफ्नै युट्युब च्यानल खेम सेन्चुरीबाट सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=lV9dDm_LE24

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय