सौल दक्षिण कोरिया , एजेन्सी ,
मादक पदार्थ सेवन गरी कार चलाएर ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा इन्छन अदालतले कोरियाली फिल्म अभिनेता किम ब्योंग-ओके (57) लाई २ लाख कोरियन वन जरिवाना सुनाएको छ ।
किमले आफुले अपार्टमेण्टको पार्किङ्गमा मात्रै गाडी चलाएको भनेर दाबि गरेको भएपनि अनुसन्धानबाट उनले अपार्टमेण्ट आउन करिब २.५ कि मि को दुरीबाट आफ्नो व्यक्तिगत कार चलाएर पार्किङ्गमा राखेका थिए ।अभिनेता किम लाई प्रहरीले फेब्रुअरी १२ को दिउसो १ बजेर ३८ मिनेटको समयमा मादक पदार्थ सेवन गरेको गाडी चलाएको अबस्थामा पक्राउ गरेर अदालतलाई सुम्पेको थियो ।
अपार्टमेण्टको पार्किङ्ग एरियामा अब्यबस्थित पार्किङ्ग गरी राखिएको एउटा कार भेटीएपछि सोहि अपार्टमेण्टमा बस्ने एक जनाले प्रहरीलाई उजुरी गरेपछि प्रहरीले सी सी टिभीको माध्यमबाट अभिनेता किमलाई उनैको घरमा समातेको प्रहरीले जनाएको छ।
शुरुमा प्रहरी अधिकारी संग कुरा गर्दै किमले भाडाको चालक प्रयोग गरेको र पार्किङ्ग पनि उसैले नै गरेको भनेका थिए । तर अनुसन्धान गर्दै जादा भाडाको चालक प्रयोग नगरेको आफैले करिब २.५ कि मि कार चलाएर पार्किङ्ग गरेको खुलेको छ ।
जरिवानामा परेका अभिनेता किमले कोरियामा चर्चित फिल्महरु र आधा दर्जन बडी ड्रामामा अभिनय गरेका छन् ।