सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

बम प्रहार गर्नु बहादुरी हाे भनेर लेख्ने कुन पत्रकारिता हो ? : सञ्चार मन्त्री

सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको ‘फाइवर टु द होम’ सेवाको मंगलबार उद्घाटन गर्दै उनले प्रेसका नाममा छाडातन्त्र स्वतन्त्रताको मानक नभएको बताए ।उनले विधेयक ल्याउदा स्वदेशी तथा विदेशी प्रचलनसमेत हेरिएको स्पष्ट पारे । अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको उल्ललेख गर्दै आतङ्कवादलाई संरक्षण गर्दै लेखेमा मृत्यु दण्डसमेत दिइने गरेको बताए ।

‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?’ उनले प्रश्न गरे, ‘यो पत्रकारिता हो कि पत्रकारिताको खोल ओढेको आतङ्कवादको संरक्षक वा प्रचारक हो ?’संसारमा आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न र छेक्न नमिल्ने बताए । शान्ति र न्यायलाई चुनौती दिने हकमा कानून सक्रिय हुने स्पष्ट पारे । नियमन संसारभरि नै हुने गरेको उल्लेख गर्दै उनले संविधानभन्दा बाहिर कुनै कानून नबन्ने बताए । ‘लेखेपछि जवाफदेहिता बोक्नुपर्छ, पुष्टि गर्नुपर्छ,’ उनले भने, ‘त्यत्तिकै आरोप लगाउन पाइँदैन ।’ कालो झण्डा लिएर हिड्नेसँग नडराउने उनले बताए । ‘प्रजातन्त्रमा कालो झण्डा, जुलुस सबै खाउँला तर लोकतान्त्रिक प्रणालीलाई सुढृढीकरण बनाउने कुरामा पछि हट्दैनौँ’ उनले भने । नागरिकबाट साभार

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय