सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियाबाट पैसा कसरी पैसा पठाउदै हुनुहुन्छ ? दुतावासको कारबाहीमा पर्नुहोला नि ? होस् पुर्याउनुस

मिन बि क
नेपाली राजदुताबास दक्षिण कोरियाले कोरियामा हुन्डी मार्फत पैसा पठाउने तथा हुण्डिलाई प्रोत्साहन गर्ने हरुलाई कारबाही गर्ने भन्दै एउटा सुचना निकालेको छ । कोरियामा रहेका नेपाली कामदारहरुले कमाएको पैसा बैधानिक तवरबाट नेपाल भित्र्याउन सहयोग पुर्याउने तथा अबैधानिक बाटोको प्रयोगलाई रोक्नको लागी चेतावनी स्वरुप यस प्रकारको सुचना निकालेको हो ।
कोरियामा करिब ५० हजार नेपाली कामदारका रुपमा भित्रिएका छन् । बिगत एक दुइ बर्षको अन्तरालमा कोरियामा थुप्रै रेमिटान्स कम्पनीहरु खुलेसंगै बैधानिक तवरबाट विप्रेषण प्रयोग गर्ने बढ्ने भन्ने जुन अपेक्षा गरिएको थियो त्यो पनि अपेक्षा भन्दा निकै कम देखिएको छ।

दुताबासले प्रकाशन गरेको सुचनामा,हुन्डी कारोबारी,हुन्डी प्रयोगकर्ता लगाएत सामाजिक सन्जालमा यसको समर्थन गर्ने जो कसैलाई पनि कानुन बमोजिम कारबाही हुनुका साथै “हुन्डी लगायत कुनै पनि अवैधानिक माध्यमवाट रकम नेपाल पठाउने कार्य पूर्णत गैर-कानुनी र जोखिमपूर्ण हुनुको साथै मुलुकको अर्थतन्त्रलाई समेत हानि पुर्याउने भएकोले यसरी गैरकानुनी तवरबाट नेपाल रकम पठाउने र यस कार्यमा संलग्न जो कसैलाई पनि नेपालको सम्पत्ति शुद्धिकरण (मनि लउन्डरिङ) निवारण ऐन २०६४ तथा नियमावली, बिदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ तथा नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७ मा भएका प्रावधान अनुसार कानुनी कार्वाही तथा सजाँय हुन सक्ने व्यवस्था छ।”
वैधानिक विप्रेषणलाई निरुत्साहन गर्न अवैधानिक विप्रेषणको प्रचार एंव प्रोत्साहनमा संलग्न व्यक्तिहरुको प्रमाण सहितको जानकारी दुतावासको इमेल nepambseoul@yahoo।com मा दिन सक्नुहुनेछ भने यदि नियम विपरित कार्य गरेको प्रमाणित भएमा कानुनी कार्वाहीको लागि कोरिया तथा नेपाल स्थित सम्वन्धित निकायमा पठाइने समेतको जानकारी दिएको छ ।

दुताबास ले प्रकाशित गरेको सुचना यस्तो रहेको छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय