नेपाली चलचित्र “बिर बिक्रम 2″ कोरियाको राजधानी सउल मा प्रदर्शन हुने भयको छ । नेपाली युवा युवतीको मुटुको ढुकढुकी मा बस्न सफल नायक पल शाह , नाजिर हुसेन ,वर्षा सिवाकोटी बुद्धि तामाङ (हैट) देशभक्त खनाल लगायतका कलाकार हरुको बेजोड अभिनय रहेको चलचित्र ” बिर बिक्रम 2″ कोरियाको राजधानी सउलको पुर्बी भाग दोङधेमुन स्टेसन को नजिकै रहेको हल मा अाउदो जुलाई 14 (2019-07-14) तारिक मा प्रदर्शन हुन लागको हो ।
” वीर बिक्रम 2″ को प्रदर्शन चितबन सम्पर्क समिती द. कोरिया ले गर्न लागेको हो विभिन्न सामाजिक कार्य गर्दै अायको चितवन सम्पर्क समिती द. कोरियाले ” बिर बिक्रम 2 ” को प्रदर्शन ” चितवन घर” सहयोगार्थ गर्न लागेको कुरा संस्था का अध्यक्ष -लिलाकान्त महतो ले जानाकारी गराउनु भयको छ । चितवन सम्पर्क समिती ले बिगत लामो समयदेखि छनान सहरको छनान स्टेसन नजिकै ” चितवन घर” संचालन गरि कोरिया बसाइको क्रम दुख बिमार पर्दा ,बेरोजगार बन्दा अप्ठारोमा परेका नेपाली समुदायलाई सगयोग पुर्याउदै अायको छ। हाल उक्त घर संचालन मा अार्थिक समस्या परेकोले ” चितवन घर”सहयोगार्थ यश चलचित्र ” बिर बिक्रम 2″को प्रदर्शन गर्न लागेको र चलचित्र को प्रदर्शन बाट बचत भयको रकम बाट “चितवन घर ” लाई थप ब्यबस्थित रुपमा संचालनमा लगिने कुरा चितवन घर का संयोजक राजेशबाबु श्रेष्ठले जानकारी गराउनु भयको छ।