सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

लोकसेवाको बिज्ञापन स्थगित हुने वा नहुने ? प्र.म. आएपछि मात्रै

1200*120

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोक सेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि निकालेको विज्ञापनबारे अहिल्यै केही भन्न नसकिने बताएका छन्।मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले आयोगको विज्ञानको विवादबारे थप बहस आवश्यकता रहेको बताए।

पत्रकारहरूले लोक सेवा आयोगको विज्ञापन के हुन्छ? सरकारको धारणा के छ भनेर सोध्दा जवाफमा उनले भने, ‘निकै कठिन प्रश्न। तपाईंहरूलाई नै सोध्छु खासमा के हुनुपर्थ्यो?’संसदको राज्य, व्यवस्था तथा सुशासन समितिका सांसदहरूले आयोगको विज्ञापन स्थगित गर्न दिएको निर्देशनबारे नीति नियम हेरेरै दिएको हुनुपर्ने पनि उनले बताए।

‘निर्देशन दिने माननीयजीहरूले नीति नियम हेरेर दिनुभएको होला,’ उनले भने, ‘संसदको समितिले दिएको निर्णयमा मैले केही भन्नुपरेन।’उनले संविधानअनुसार नै विज्ञापन आएको बताए।‘प्रधानमन्त्रीलाई आउन दिनुस्। सरकारको तर्फबाट संविधानको भावना मिचेर काम गरेजस्तो लाग्दैन,’ उनले पत्रकारहरूलाई भने, ‘आँ गर्दा अलंकार बुझ्नुहुन्छ, शीर्षक बनाइदिनुहुन्छ। बुझ्नुभयो होला नि।’विज्ञापन स्थगित हुने वा नहुनेबारे उनले प्रष्ट बताएनन्।सेतोपाटी

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120