सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

नेकपाका महासचिव बिष्णु पौडेल कोरियामा, सामाजिक संजालमा भए यस्ता टिप्पणी

सौल दक्षिण कोरिया ,
नेपाल कम्युनिष्ट पार्टि ने क पा का महासचिव बिष्णु पौडेल कोरियामा छन् । बालुवाटार प्रकरणमा बिष्णु पौडेलको नाम मुछिएपछि उनि जनताहरुमाझ निकै विवादित बन्न पुगेका थिए । बालुवाटारको जग्गा प्रकरणमा बिष्णु पौडेल बाहेक अन्य मुख्य योजनाकार भए पनि धेरै जसो सामाजिक प्रयोगकर्ताहरुले सरकार पनि ने क पा कै भएको हुनाले पनि बिष्णु पौडेलनै मुख्य भूमाफिया नै हुन् कि भन्ने हिसाबले उत्रिएका छन् । बालुवाटार प्रकरणको मुद्दा अहिले सर्बोच्च अदालतमा छ ।
नेकपा महासचिव बिष्णु पौडेल कोरियाको इन्छन अन्तर्राष्ट्रिय बिमानस्थलमा कोरिया स्थित नेपाली राजदुतावास बाट स्वागतको लागी कार्यबाहक राजदुत इन्छन अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका थिए भने कोरियामा रहेको ने क पा को प्रबास कमिटिका नेताहरु लगाएत सामाजिक संघ संस्थामा आवद्द व्यक्तिहरु स्वागतको लागी पुगेका थिए । अवतरण भए पश्चात नै कोरियामा सक्रिय रुपमा सामाजिक संघ संस्थामा आवद्द व्यक्तिहरुले स्वागत गरेको फोटो सामाजिक संजालमा पोस्ट गरेका थिए ।
बिष्णु पौडेल कोरिया आएको फोटो देखेपछि सामाजिक संजालमा यस्ता टिप्पणीहरु भएका छन् हेर्नुहोस

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय