सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

जनताको बहुदलीय जनवादको विशेषताभन्दा पर जान सकिँदैन: प्रधानमन्त्री ओली

1200*120

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले एकीकृत दलले ‘जनताको बहुदलीय जनवाद’ कै विशेषता अङ्गालेको बताएका छन्।पार्टीका अर्का अध्यक्ष प्रचण्ड समेत सहभागी काठमाण्डूमा आयोजित कार्यक्रममा उनले त्यस्तो कुरा बताएका हुन्।ओलीले एकीकृत दलको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद (जबज) राख्न खोजेको खबरहरू आइरहेका बेला उनले पार्टीको कार्यक्रमको नाम ‘अहिलेको अवस्थामा जनताको जनवाद’ राखेको बताए।

उनले भने, “जनताको बहुदलीय जनवादका विशेषताहरूमा फरक परेको छैन। तीनै विशेषता हुन्, ती विशेषताभन्दा पर जान सकिँदैन। तर अहिले हामीले कार्यक्रमको नाम ‘जनताको जनवाद’ राखेका छौं। त्यसैबाट हामी अगाडि बढ्छौं।”पार्टीको राजनीतिक प्रतिवेदनमा ‘जनताको जनवाद’ उल्लेख छ। प्रतिवेदनलाई दुईजना अध्यक्षले अन्तिम रूप दिएर सार्वजनिक गर्ने बताइएको छ।

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120