सौल दक्षिण कोरिया , मिन बि क
कोरियाको आउँदो बर्ष सन् २०२० का लागी न्युनतम ज्याला निर्धारण गर्न बसेको समितिले न्युनतम ज्याला कति हुने भन्ने बिषयमा अन्तिम निर्णय १५ दिन भित्रमा आउने बताएको छ । ज्याला निर्धारण समितिको लगातार बसेको बैठकमा मजदुर संगठनका प्रतिनिधिहरु र रोजगारदाताका प्रतिनिधिहरुको आ-आफ्नै अडानका कारण ज्याला निर्धारण गर्न नसकिएको हो ।
रोजगारदाताका प्रतिनिधिहरुको प्रस्ताव अघिल्लो बर्ष अत्याधिक ज्याला बढाईएकोले यो बर्ष ज्यालामा कटौती गर्नुपर्ने माग रहेको छ । उनीहरुले प्रती घण्टा ८,००० वन बाट शुरु गरेर अन्तिममा ८,१८५ वन कायम गर्न भनेका छन् । यो ज्याला गत बर्षको ८,३५० वन भन्दा २ % कम हो ।
त्यस्तै मजदुरका प्रतिनिधिहरु भने प्रती घण्टा १०,००० हुनुपर्ने रस्साकसी लगाईरहदा अन्तिममा ९,५७० हुनुपर्नेमा अडान लिएका छन् यो गत बर्षको तुलनामा १४.६ % बढी हो ।
शुरुमा रोजगारदाताको तर्फबाट प्रस्ताव पेश गरिएको थियो,जसमा सम्बद्ध सबैलाई अनुरोध गरिएको थियो कि ८,००० वन र बढीमा १८५ वन बढ्न सक्ने प्रस्ताव पेश गरिएको थियो । यसको बिपरित मजदुरका प्रतिनिधिले १०,००० हुनुपर्ने भन्दै अडान राखेपनि ४३० वन कम गर्ने भएका थिए । प्रतिमहिना २०९ घन्टाको दरले पनि ९,५७० वन को हिसाबले २०,००,१३० ( बिस लाख एक सय तीस ) वन हुन आउने छ ।
मजदुरका प्रतिनिधिहरुले आफ्नो विश्लेषण रिपोर्टमा भनेका छन् कि एक जनाको लागी कोरियामा जीवनयापन खर्च मात्रै २०,१४,९५५ ( बिस लाख चौध हजार नौ सय पचपन्न)वन हुन्छ । जसले गर्दा जीवनयापन गर्न निकै कठिन रहेको भनिएको छ ।
आ -आफ्नै अडानका कारण आज बसेको एघारौँ बैठक पनि बिना निष्कर्ष टूङ्गिएको छ । न्युनतम ज्याला अगष्ट ५ तारिखमा सर्बसाधारणलाई जानकारी गराईसक्नुपर्ने प्रावधान रहेको छ ।