सौल दक्षिण कोरिया,मिन बि क
पछिल्लो समय रोजगारीको लागी आकर्षक गन्तव्यको रुपमा दक्षिण कोरियालाई लिईने गरिन्छ । हालसालै मात्रै भएको भाषा परिक्षामा पनि करिब ९३ हजारले भाषा परीक्षाको निवेदन दिएका थिए । यस्तो आकर्षक बनेको कोरियामा कोरियन नागरीक संग बिबाह गरेर आउने नेपालीको संख्या पनि कम भने छैन ।
कतिपय नेपालीहरुले कोरियन पर्यटकको रुपमा नेपाल गएको बेलामा प्रेम गरेर बिबाह गरेर आएका छन् भने कतिपय नेपालीहरु एजेन्ट मार्फत पनि बिबाह गरेर कोरिया आएका छन् ।धेरै जसो नेपालीहरु कोरिया आएर कमाउने उद्देश्य बोकेर कोरियनहरु संग बिबाह गरेर आउने हुँदा विभिन्न समस्यामा पनि पर्ने गरेका छन् । बिगतमा बिबाह भएर कोरिया प्रवेश गरेका महिलाहरुलाई घरेलु हिँसा भएका घटनाहरु बाहिर आएपछि कोरियन सरकारले बिदेशी नागरीक संग बिबाहा गर्नको लागी विभिन्न मापदण्डहरु बनाए पछि यस्ता घटनाहरु कम भएको छ ।
कति छन् त कोरियामा बिबाह गरेर आउने नेपालीको संख्या ? हामीलाई विश्वासै लाग्न नसक्ने नेपालीहरु कोरियन संग बिबाह गरेका छन् । कोरियन संग बिबाह गर्ने नेपाली हरु जम्मा ७५५ ( सात सय पचपन्न ) जना रहेका छन् जसमध्ये पुरुषहरु १४० ( एक सय चालिस ) जना र महिलाहरु ६१५ (छ सय पन्ध्र ) जना रहेको सौल स्थित नेपाली राजदुतावासले जनाएको छ । यो संख्या २०१९ मे महिनाको अन्तिमसम्मको हो ।