सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियामा उपचारका क्रममा एक नेपालीको मृत्यु

दक्षिण कोरिया – कोरियाको योङ्गिनमा कार्यरत एक नेपालीको उपचारको क्रममा आतबार मृत्यु भएको छ।

मृत्यु हुनेमा इलाम साखेजुङका टुकेन लिङ्दम लिम्बू रहेको कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए।इ पि यस मार्फत ४ वर्षअघि कोरिया आएका लिम्बु शुरुदेखि नै मुटुको समस्याले पीडित रहेको उनीसँगै काम गर्ने सहकर्मीले बताएका छन्।

लिम्बुको उपचारकै क्रममा मृत्यु भएको हो। लिम्बुको शव योङ्गिनकै एक स्थानीय अस्पतालमा रहेको छ।आइतबार बिदाको दिन परेकाले आज घट्नास्थल जाँदै गरिएको सहचारी बाँस्तोलाले बताए।

अस्पतालसँग समन्वय गरेर लिम्बुको शव नेपाल पठाइने सौल स्थित नेपाली दूतावासले जनाएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय