निकुञ्ज तिवारी
सउल १७ जुलाई २०१९
सन् २०१७ को राष्ट्रपतिय चुनाबमा राष्ट्रपति मुनले २०२० सम्ममा प्रतिघण्टा ज्याला १०,००० वन पु¥याउने चुनाबी एक एजेण्डा बनाएका थिए ।सन् २०२० सम्ममा कोरियाको न्युनतम ज्यालाा प्रतिघण्टा १०,००० वन बनाउने राष्ट्रपति मुन जे इनको रणनीति सफल हुन नसक्दा उनले सम्पूण मजदुरसमक्ष माफी मागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिय चुनाबी दौरानमा राष्ट्रपति मुनले आफु राष्ट्रपति निर्बाचित भएमा आगामी ३ वर्षभित्रमा मजदुरको न्युनतम ज्याला प्रतिघण्टा १०,००० वन बनाउनेमा जोड दिएका थिए ।
जुलाई १२ विहीबार सरकार, मजदुर र व्यवसायीबीच लामो छलफलपश्चात सन् २०१९ का लागि २.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय भएको थियो ।
बढेको ज्याला अगष्ट ५ मा संसदबाट पारित हुनुपर्ने छ । यदि पारित भएमा सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागुहुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८,५९० वन (७.३२ डलर) हुनेछ । ¬यसवर्ष प्रतिघण्टा ८,३५० वन छ ।