सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

एनआरएन कोरियालाइ गम्भीर आरोप ,तुङ्गदेमुनको भात बेच्ने खेलो मात्रै हो ।

सौल दक्षिण कोरिया ,
दक्षिण कोरियामा कार्यरत तथा सामाजिक कार्यमा सक्रिय बैरागी माईलाले आफ्नो फेसबुक वाल मार्फत एन आर एन ए दक्षिण कोरियाका असन्तुष्टि पोखेका छन् । उनले आफ्नो फेसबुक मार्फत बुँदागत रुपमै आफ्ना असन्तुष्टि यसरी लेखेका छन् । हेर्नुहोस जस्ताको तस्तै
मेरो बुझाइ मा कोरियाको एन आर एन ए

१. कोरियाको एन आर एन ए कहिल्यै मजदुर मैत्री सस्था हुन सक्दैन ।यो एलिट हरुको एउटा झुन्ड मात्र हो ।

२. छुसक भन्दा एक हप्ता पछाडी अधिबेशन गरेर टाढाका मजदुर हरुलाइ मत दिन बाट बन्चित गराउने यो सस्था अधिबेशन पश्चात् निकम्मा जस्तै बन्छ ।यो सबै तोङ्देमुनका रेस्टुरेन्ट ब्यबसायीको भात बेच्ने खेलो मात्र हो ।

३.अधिबेशनका दिन पनि साझ परे पछि मात्र भोटिङ शुरु हुन्छ ।जसले गर्दा भोलि पल्ट ड्युटी पुग्ने टाढाका मजदुर हरु बाटो तताइ सकेका हुन्छन् ।त्यसपछी यिनकै हालिमुहाली हुन्छ ।

४.एन आर एन ए कोरिया कहिल्यै पनि पारदर्शी छैन ।अनेकौ आर्थिक काण्डले सस्था आफै सधै लज्जित बनेको छ ।यति हुदा पनि जबाफदेहिता शून्य जस्तै छ ।

५.एन आर एन ए को बिधानमै लेखे जस्तो सस्थाको पदाधिकारी भए पश्चात् हुण्डी कारोबारी बन्ने अनिबार्यता जस्तै छ ।भलै आजकल विभिन्न रेमिटहरुको सेवाले केही पातलो भने पक्कै भएकै हो ।

६.तोङ्देमुन भन्दा बाहिरका उम्मेदवार लाई यहाँ टिक्नै दिइदैन ।मानौ यसको टेन्डर उनिहरु सग मात्र छ ।सक्षम र अलिक गर्न सक्ने ब्यक्तिलाइ अनेकन हत्कन्डा गरेर भए पनि हराइन्छ ।पछि पारिन्छ ।

यति भन्दै गर्दा केही ब्यक्ती हरु राम्रा पनि छन् है ।अबको NRN मा यस्तो नेतृत्व आवोस जसले खादा र ब्याज मात्र थुपार्ने काम नगरोस ।सबै उमेदवार हरुलाइ शुभकामना

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय