सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

यज्ञराज सुवेदीको एनआरएनए कोरिया अध्यक्षमा उम्मेदवारी घोषणा

अध्यक्ष पदमा आएको चर्चाको बारेमा सोधिएको जिज्ञासाको उत्तर दिदै सुवेदीले आगामी सेम्टेम्बर २१ र २२ तारिख हुने सातौ अधिवेशनमा उम्मेदवारी दिने बताएका हुन । विगत २५ वर्षदेखि कोरियामै बस्दै आएका सुवेदी यहाँका प्रशासनिक निकायहरुमा बलियो पहुँचमा छन् । सुवेदी कोरियाका राष्ट्रपति मुञ्जेईनको सल्लाहकार समितीका सदस्य , सत्तारुढ दल द मिञ्जु पार्टीका आप्रवासी उपसमितीका उपसभापति, किम्हे माईग्रेनट सेन्टरका प्रमुख लगायत यहाँ क्रियाशिल १० भन्दा बढी संघ संस्थामा आवद्ध छन् ।

विभिन्न संघ संस्थामा आवद्ध नेपाली समुदायको चाहनामा आफूले उम्मेदवारी घोषणा गरेको र सबैसंग सहमति र सहकार्य गरेर अगाडि जाने आफ्नो तयारी रहेकोले सम्बन्धित सबैसंग थप छलफल गर्ने उनले बताए ।उनले केही दिन भित्रै आफ्ने उम्मेदवारीको वृहत कार्ययोजना सार्वजनिक गर्ने बताएका छन ।

उनको उम्मेदवारीले एनआरएन कोरियाको सरगर्मी अझ बढेको छ । सामाजिक संञ्जालमा उनको उम्मेदवारीको बारेमा विभिन्न टिकाटिम्पणी शुरु भएका छन । उनको उम्मेदवारी सम्बन्धी खवर शेयर गर्नेको संख्या र चर्चा संगै कोरियामा एनआरएन अधिवेशनको माहोल अझै तातेको छ ।

एनसिसी कोरियाका अध्यक्ष अञ्जु केसीले एनआरएनए कोरियालाई कोरियामा रहेका नेपालीहरुको महत्वपुर्ण संस्थाको पहिचान स्थापित गर्न सुवेदी नेतृत्वमा आउनुपर्ने बताईन् । त्यस्तै सामाजिक अभियन्ता यम श्रेष्ठले संस्थाका उमेद्वारहरु आफ्नो व्यापारीक प्रवर्दन गर्ने उद्देश्य राखेर आउने गरेकाले सुवेदी जस्ता समाजिक व्यक्तित्व आईदिए संस्था थप बलियो हुने बताए ।दोलखा समाजका अध्यक्ष सरोज केसीले एनआएरएनए कोरियाकालागि सुवेदी आवश्यक भएको बताए ।

स्रोत कान्तिपुर प्रेस

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय