सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

गण्डक प्रदेश सांसदलाई सुनको लोगो

गण्डकी — जनप्रतिनिधिहरुको सेवासुविधामा अत्यधिक वृद्धि गरेपछि आलोचना खेपिरहेको गण्डकी प्रदेश सरकारले प्रदेशसभा सदस्यलाई सुनको लोगो वितरण गरेको छ । यो लोगो यसअघिको भन्दा ३३ गुणा महँगो छ । चीनको संघाई प्रान्तमा बनाइएको लोगोको मूल्य प्रतिगोटा ६ हजार ५ सय रुपैयाँ छ ।

लोगोमा धातुको रुपमा चाँदी प्रयोग गरिएको छ भने बाहिरी भागमा सुनको जलप लगाइएको छ ।गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेपछि सुनजडित लोगो बनाएर सांसदहरुलाई वितरण गरिएको हो। यसअघिको प्रतिगोटा लागोको मूल्य १ सय ९५ रुपैयाँ थियो। लोगोमा प्लास्टिक प्रयोग गरिएको थियो।

सभामुख नेत्रनाथ अधिकारी नेतृत्वको कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा गठित लोगो तथा पोसाक सिफारिस समितिले गत वर्ष भदौ ३० मा गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो। सोही डिजाइनलाई चाँदीमा उतार्ने र बाहिरी कक्षमा सुनको घेरो लगाएर नयाँ लोगो बनाइएको हो।

सांसदहरुले लगाउँदै आएको लोगो एक वर्ष नपुग्दै धमिलिएपछि गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको समिति सदस्य तथा सांसद हरिशरण आचार्यले बताए।

गत जेठ २० मा तेस्रोपटक संशोधन गरिएको प्रदेशसभा नियमावलीमा नयाँ अनुसूची थपेर लोगो व्यवस्था गरिएको समितिले जनाएको छ।नयाँ लोगोको डिजाइन भने पुरानै छ। प्रदेशसभा सचिवालयका अनुसार लोगोभित्र प्रयोग गरिएको धानको बाला सुनकै छ। खुला प्रतिस्पर्धामा निर्मित लोगोको डिजाइन प्रदेशसभाकै कर्मचारी विनित रानामगरले गरेका हुन्।
स्रोत : कान्तिपुर
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय