सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

सवारीसाधानमा जथाभावी प्रेस लेखे कारवाही

1200*120

लहान – नेपाल पत्रकार महासंघ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ। शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगतलाई बदनाम गराउनेलाई कारवाही गर्ने निर्णय गरेको हो।

केही गैरपत्रकारले पनि मोटरसाइकलमा प्रेस लेखेर हिँड्दै गरेको र पत्रकारको नाममा गलत क्रियाकलापसमेत गरिरहेको पाइएकाले त्यस्ता कार्यलाई यथाशीघ्र रोक्न कारवाही गर्ने निर्णय गरेको महासङ्घ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले जानकारी दिए।

शाखाका सभापति गुप्ताको अध्यक्षता तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य देवकुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले सिरहामा रहेको महासङ्घको भवनलाई व्यवस्थित गर्दै लहानको लागि नयाँ भवन बनाउन समिति गठन, निष्क्रिय पत्रकारलाई ससम्मान बिदाइ तथा सक्रिय पत्रकारलाई सदस्यता र नवीकरण गर्ने निर्णय पनि गरेको जनाएको छ।

यसैगरी विभिन्न क्षेत्रका स्रष्टालाई महासङ्घले वार्षिकरूपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने, पत्रकारको क्षमता अभिवृद्धिका लागि स्थानीय तहसँग समन्वय गरी अघि बढ्ने साधारणसभामा निर्णय गरिएको अध्यक्ष गुप्ताले बताए। नागरिक न्युजमा खबर छ

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120