सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

विदेशमन्त्रीस्तरीय नेपाल-चीन संयन्त्र बैठक सुरु

1200*120

काठमाडौँ — विदेशमन्त्रीस्तरीय नेपाल-चीन संयन्त्र बैठक सुरु काठमाडौंमा सुरु भएको छ । राजधानीको याक एण्ड यति होटलमा सुरु भएको बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाली समकक्षी प्रदीप ज्ञवालीले स्वागत गरेका थिए ।

लगभग एक घण्टा चल्ने बैठकमा शिक्षा र अर्थ विषयक समझदारी पत्र हस्ताक्षर हुने बताइएको छ। बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लिलामणी पोखरेल, परराष्ट्र सचिव शंखर वैरागी, मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव काली पोखरेललगायत छन्।

चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आइपुगेका हुन्। विदेशमन्त्री यीले सोमबारको संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्। नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले पनि विदेशमन्त्रीलाई भेट्ने कार्यक्रम छ।

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120