सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

नेपाल टेलिकमले दसैं अघि कम्तीमा २० सहरमा फोरजी सेवा विस्तार गर्दै

काठमाडौँ — एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्यसहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले दसैं अघि कम्तीमा २० सहरमा फोरजी सेवा सुरु गर्ने तयारी गरेको छ । यो माघ मसान्तसम्म फोरजी सेवा देशैभर विस्तार गर्ने योजनासहित कम्पनीले अघिल्लो वर्ष माघ २० मा फोरजी विस्तारको लागि ठेक्का सम्झौता गरेको थियो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले दसैंअघि कम्तिमा २० प्रमुख सहरमा फोरजी विस्तारको तयारी भएको जानकारी दिए। उनका अनुसार सुरुमा सबै महानगरपालिका, उपमहानगरपालिका र धेरै जनसंख्या भएका नगरपालिकामा फोरजीको व्यवसायिक सेवा सुरु गरिनेछ। नेपालभर ६ महानगर, ११ उपमहानगर र २ सय ७६ नगरपालिका छन्।

फोरजी विस्तारको काममध्ये कोर नेटवर्क विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले आफ्नो काम करिबकरिब पूरा गरेको छ। कोर नेटवर्क भनेको टेलिकमको आफ्नै बीटीएस टावरबीच सम्पर्क स्थापित गर्ने प्रणाली हो। कोर प्रणालीको परीक्षण गर्न टेलिकमले शनिबार राति साढे ११ बजे आफ्नो सिस्टम अपग्रेड गरेको थियो। उक्त अपग्रेड सफल भएको टेलिकमले जनाएको छ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय